अस्पतालको शौचालयमा नवजात शिशु भेटियो
१ साउन, काठमाडौं ।
मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको शौचालयभित्र नवजात शिशु भेटिएको छ ।
महिना पुगी जन्मेको सालनाल सहितको नवजात शिशु शुक्रबार साँझ फेला पारिएको छ ।
शिशुको निजामति अस्पतालमा उपचार भइरहेको छ र उनको अबस्था सामान्य छ ।
शिशुका आफन्तको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
२०७३ साउन १ गते १७:५४ मा प्रकाशित
0 comments
Write Down Your Responses