ओबामा चढ्ने गाडी कस्तो ? विशेषता थाहा पाउँदा दंग पर्नुहुनेछ तपाईं

कुबिक एनपी न्युज

 अमेरिकी राष्ट्रपति बाराक ओबामा जुन गाडीमा सफर गर्छन् त्यसलाई संसारको सबैभन्दा सुरक्षित कार भन्दा फरक नपर्ला । अमेरिकी सिक्रेट स्टाफ यसलाई ‘द बीस्ट’ को नामले चिन्दछन् । यो बुलेटप्रुफ कार टायर फुट्दा पनि निकै सजिलोसँग चल्न सक्छ ।

 राष्ट्रपति ओबामाको विदेशी यात्राको क्रममा सुरक्षाका लागि यो कार सधैं उनको साथमा हुने गर्दछ । तीन टन तौल भएको कालो रङको क्याडिलेक मोडलको कार मात्र ६० किलोमिटर प्रति घण्टाको स्पिडमा चल्न सक्छ । यद्यपी, यो सुरक्षाको दुष्टिले निकै सशक्त छ । यो कारलाई अमेरिकी गुप्तचर एजेन्सी सिआइएका एक विशेष व्यक्तिले चलाउने गर्दछन् । यो निकै विशेष किसिमको छ ।

 कुनै आतंकवादी हमला अथवा दुर्घटनामा यसको टायर फुटेपनि चिन्ता मान्नु पर्दैन किनभने यस्तो हालतमा पनि नरिककनै यो आफ्नो गन्तव्यमा पुग्न सक्छ ।यो कारको बाहिरी शतहमा स्टिल लगाइएको छ । यसमा बुलेटप्रुफ सिसा हुुनुका साथै आवश्यक पर्दा उपयोगमा ल्याउनका लागि पम्प एक्सन शट गन लगाउन सकिन्छ ।यसको मूल्य तीन लाख अमेरिकी डलर हो र यसमा रकेट ग्रेनेडको हमला सहने पनि क्षमता रहेको छ ।

यदि कुनै आतंकवादी हमला हुँदा ओबामालाई यदि गोली लाग्छ भने यही कार भित्र नै उनलाई रगत चढाउने व्यवस्था छ । ओबामाको ब्लड ग्रुपसँग मेल खाने रगत यो कारमा सधैं राखिएको हुन्छ ।यसमा बसेर ओबामा आफ्ना मन्त्री र रक्षा सल्लाहकारका साथ सम्पर्कमा रहिरहन सक्छन् ।

 यसमा वायरलेस इन्टरनेट, ल्यापटप, सेटलाइट फोन र उपराष्ट्रपति जो बिडेन र पेन्टागन अधिकारीहरुसँग कुराकानीका लागि सिधै टेलिफोन लाइनको व्यवस्था गरिएको छ ।यात्राको क्रममा ओबामा संगीत सुन्दै आराम गरुन् भन्ने उद्देश्यले यहाँ सयौं सिडीहरुको पनि व्यवस्था मिलाइएको छ । यसका लागि यो कारमा एक आइपड डक राखिएको छ ।

0 comments

Write Down Your Responses