पुर्नजन्म पछि फुर्वा

फुर्वा मोक्तान तीन वर्ष पुगेपछि नै अनौठा कुरा गर्ने गर्थे। जब उनी गुम्बा र छ्योर्तेनमा पुग्थे, त्यहाँ घुम्दै ढोगेरमात्र बस्ने उनको स्वभाव थियो। छोराको यस्तो स्वभाव देखेर उनका आमाबुवा अच्चम मान्ने गर्थे। आफूसँगै गुम्बा र छ्योर्तेन पुगेकाहरू नढोगी बस्यो भने 'होइन, नढोगी बसेको ? पाप लाग्छ, है पाप' पनि भन्थे उनी। 

कसैले नसिकाएका, कसैले अनुभव नै नगरेका बोली र व्यवहार भएका चार वर्षीय फुर्वाको अद्भुत शक्ति र स्वभाव देखेर उनको परिवारसँगै छिमेकीसमेत छक्क पर्छन्। उनका बुवा जम्बलाले भने, 'साथीहरूसँग गफ गरिरहेका थियौं, यत्तिकैमा छोराले भने नाति तँ धेरै खेलेर नबस्, मैले भनेको काम गर्यौ कि गरेनौ। मेरो छ्योई र माला, मिन्डु छोराकोमा छ लिएर आऊ।' 

जम्बलाले रिसाउँदै छोरालाई हिर्काउन हात उचालिसकेका थिए। तर, हात अचानक रोकियो। यसपछि जम्बलासँगै रहेका साथीहरू पनि छक्क परे। यसपछि मात्रै जम्बलाले पनि आफ्नो छोरालाई यस्तो के भयो भनेर खोजी गर्न थाले। 'छोरा को हो? के हो? यसमा के छ? ', उनको मनमा यस्तै धेरै कुरा खेल्न थाले।

फुर्वाले, आफूनो पूर्वजन्मको समयमा भएका घटनाको विषयमा बोल्ने भएपछि धेरैले अवतारी हुनुपर्छ भने। यसपछि परिवारले विभिन्न रिम्पोछेहरूकहाँ पनि उनलाई पुर्याएर। फुर्वा अवतारी हो होइन भन्ने विषयमा ची (बौद्ध धर्मका पात्रो) हेर्दा अवतारी लामा (टुल्कु) भएको प्रमाणित भयो। 

११ वर्षअघि निधन भएका कर्णध्वज लामाको पुनर्जन्मका रूपमा फुर्वाको जन्म भएको गोदावरी गुम्बा 'निङमापा'का रिन्पोछे कर्मा सेरप तेन्दुरले प्रमाणित गरेका हुन्। सेरप तेन्दुरले फुर्वा अवतारी भएको भन्दै बुद्धको प्रतिमासमेत उनलाई उपहार दिएका छन्।

 काभ्रे जिल्ला कानपुर गाविस-६ मा २०६९ साउन २५ गते कृष्णअष्टमीका दिन आमा धनकुमारी लामाको काखबाट फुर्वा जन्मिएका हुन्।११ वर्षअघि निधन भएका कर्णध्वज लामाको पुनर्जन्मका रूपमा फुर्वाको जन्म भएको गोदावरी गुम्बा 'निङमापा'का रिन्पोछे कर्मा सेरप तेन्दुरले प्रमाणित गरेका हुन्। 

सेरप तेन्दुरले फुर्वा अवतारी भएको भन्दै बुद्धको प्रतिमासमेत उनलाई उपहार दिएका छन्।यस्तै कपन गुम्बाका लोप्साङ नाम्गेल रिन्पोछे (अवतारी)ले पनि विशेष दिन हेरेको 'ची'बाट फुर्वा अवतारी लामा भएको तथ्य सार्वजनिक गरेका छन्। रिन्पोछेले भने, 'गाउँकै ठूलो लामाका रूपमा फुर्वाको पुनर्जन्म भएको र उहाँसँग अद्भुत शक्ति छ।' अब फुर्वालाई बौद्धधर्मअनुसार टाप्चे गरे उनी कुनै ठूलो गुम्बामा ठिदेन (गद्दी आरोहण) गर्ने भएका छन्।

 फुर्वाको अनुहारमा कुनै चिन्ता देखिँदैन। अनुहारमा सधैं उज्यालो चमक देखिन्छ। हत्तपत्त कसैसँग फोटो खिच्न उनी मन पराउँदैनन्।उनको बुवाले विगत सम्झँदै भने, 'छोराको न्वारन गर्न आएका लामाले फुर्वाभित्र केही न केही शक्ति छ भन्नुभएको थियो।

'बुधबार र बिहीबार नयाँ विषयमा बोल्ने गरेका फुर्वालाई ती दिनमा भेट्यो भने सौभाग्य हुने कर्मापाको भनाइ छ। फुर्वाको पूर्वजन्म (कर्णध्वज)को पुस्तक र च्याङरेसी बुद्धको प्रतिमा उनले खोज्ने गरेका थिए। पछि उनले भनेकै ठाउँमा ती वस्तु पाइएको थियो। 

अहिले अवतारी फुर्वाको विषयमा बौद्धस्थित टासी छ्योलिङ गुम्बा (तामाङ गुम्बा) मातहत एक समिति बनेको छ। समितिले फुर्वाको शिक्षा, दर्शन, गुम्बा, ठिदेन गर्ने योजना गरिरहेको कर्णध्वजका माइला छोरा मिन्डु लामाले जानकारी दिए। बुवाको पुनर्जन्म भएकोमा उत्साहित हुँदै नयाँ योजनासहित अवतारी फुर्वाको भविष्यमा आफूहरू लागिपरेको मिन्डुले बताए।

0 comments

Write Down Your Responses