यस्तो छ श्रीमतीसगँ यौनआर्कषण बढाउने तरीकाहरु

एजेन्सी । यौनचाहनासम्बन्धी यस्ता प्रश्न धेरैले राख्ने गरेका छन् । चिकित्सकीय भाषामा कुनै पनि दम्पत्तीबीच एक वर्षमा दस पटक वा त्यसभन्दा कम यौनसम्बन्ध कायम हुन्छ भने त्यसलाई सेक्सलेस म्यारिज भनिन्छ ।

 धेरैजसो व्यक्तिले महिलाहरूमा भन्दा पुरुषमा यौनइच्छा बढी हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि यौन चाहना हुनु स्वभाविक हो । यससम्बन्धमा हालै अमेरिकामा गरिएको अनुसन्धान अनुसार सात जोडीमध्ये एक जोडी सेक्सलेस म्यारिजबाट गुज्रिरहेका छन् । 

सामाजिक भनाइअनुसार प्रायस् गरी महिलाहरूनै यौनसम्बन्धबाट टाढिन्छन् तर वास्तवमा पुरुषहरूमा पनि यौनसम्बन्धमा कायम गर्न नचाहनेहरू उत्तिकै छन् । सामाजिक कुरालाई लिएर हरेक दिन गुनासो गर्ने र अरूको श्रीमान्सँग आफ्नो श्रीमान्मा नभएको कुरा दाँज्ने प्रवृत्तिका कारण पनि एक–अर्काप्रति सम्मान र स्वभावमा समस्या थपिन थाल्छ । 

त्यसले एक–अर्काप्रतिको आकर्षणमा समस्या पर्न थालेको हुन सक्छ भने परस्त्रीगमन पनि हुनसक्छ अथवा भनौं मानसिक तनावका स्रोत धेरै हुन सक्छन् । यस्तो स्थितिमा समस्या पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्छ । हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता, आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिमा ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन् । 

एक–अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाहहरू पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन् । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै कुरा केलाउनुपर्ने हुन्छ । नसक् तपाईंको श्रीमान्मा यौन निष्क्रियतासम्बन्धी कुनै समस्या पनि उत्पन्न भएको हुनसक्छ । त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

 खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।तपाईंहरूले एक–अर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र तपाईंहरूको सम्बन्ध अझ जटिल बन्दै जान्छ । आफ्ना श्रीमान वा श्रीमती जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एक–अर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ । 

दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, रमाइलो गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्टस प्रयोग गर्ने, एक–अर्काको शरीर एवं भावना बुझ्ने प्रयास गर्ने कामहरू गर्नुहोस् ।

 दम्पती जसको जीवनमा यौनसम्बन्ध नै छैन उनीहरू श्रीमान् वा श्रीमतीका रूपमा किन एक–अर्कासँग लामो समय बसिरहेका छन् भन्ने विषयमा पनि धेरै अनुसन्धान भएका छन् । सामाजिक वा पारिवारिक दबाब वा भनूँ दम्पतीबीचको निर्भरताले पनि छोड्न नसक्ने अवस्था हुन सक्छ ।

 त्यसैले अहिले नै सम्बन्ध टुङ्याउने कुरा सोच्नुभन्दा उहाँले तपाईंप्रति कस्तो अपेक्षा राख्नुभएको छ, पत्ता लगाउनुहोस् । त्यसका लागि उहाँले दैनिक तपाईंलाई लक्षित गरेर अभिव्यक्त गर्ने कुरा के हो, याद राख्नुहोस् र उहाँको भावना, चाहना आदिको समस्या सुल्झाउन एक–अर्कासँग संवाद गर्नुहोस् ।

0 comments

Write Down Your Responses