देश र जनताको हितका लागि साहसिक कदम चाल्न प्रधानमन्त्री ओलीलाई युवा संघको आग्रह -

काठमाडौं, ५ साउन । 

नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले देश र जनताको हितका लागि साहसिक कदम चाल्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । काठमाडौंमा बुधबार आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै एमालेका दुई भ्रातृ संगठनका नेताहरुले प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् ।

 उक्त कार्यक्रमा बोल्दै भ्रातृ संगठनका नेताहरुले वर्तमान सरकार ढाल्नेहरुलाई नांगेझार पार्ने घोषणा समेत गरेका छन् । युवा संघ अध्यक्ष राजीव पहारी र अनेरास्ववियु अध्यक्ष नविना लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा ’नेपालको स्थीरता खलबल्याउन खोज्ने जो सुकैलाई नेपाली भूमिभित्र कडा निगरानी राख्दै तत्काल उनीहरुलाई सडकमा नांगेझार पार्ने अभियानमा एमाले भातृ संगठन अघि बढ्ने’ जनाइएको छ ।

 उक्त पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा ’नेपाल र नेपाली जनताको हित विपरित, नेपालको स्थीरता खलबल्याउन अनेक किसिमका दाउपेच र षडयन्त्र गर्ने देशी विदेशी जो सुकैलाई नेपाली भूमिभित्र कडा निगरानी राख्दै तत्काल उनीहरुलाई सडकमा नांगेझार पार्ने अभियानमा अघि बढ्ने’ उल्लेख गरिएको छ। एमाले भातृ संगठनका नेताहरुले सरकार ढाल्न खोज्नेहरुको भण्डाफोर गर्न युवा तथा विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

0 comments

Write Down Your Responses