सुर्खेत क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादव ९७ हजार रुपैयाँ घुस लिँदालिँदै प्रक्राऊ
JULY 21, 2016, IN : NEWS
सुर्खेत, साउन : सुर्खेतमा क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादव घुस लिँदा लिँदै प्रक्राउ परेका छन्। क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादवलाई अख्तियारको टोलीले ९७ हजार रुपैयाँ घुससहित प्रक्राउ गरेको हो ।
यादवलाई दिउँसो ४ बजेतिर प्रक्राउ गरिएको हो।
साविकको घुमखहरे गाविस–८ र अहिलेको सुभाघाट गंगामाला नगरपालिका–३ मा रहेको खरायोचौर सिँचाइ आयोजनाका सेवाग्राहीसँग घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियारले जनाएको छ।
निर्माण सम्पन्न भई विल फरफारक गरी चेक भुक्तानी दिने बेला विभिन्न बाहाना बनाएर ९७ हजार रुपैयाँ घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ।
0 comments
Write Down Your Responses