बाबुराम भट्टराईले डा.केसीलाई भने- तपाईँको आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ
खिलानाथ ढकाल
काठमाडौं,
असार ३० चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग र स्वास्थ्यस्थिति बुझ्न त्रिवि शिक्षण अस्पतालमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई टिचिङ अस्पताल गएका छन्।
अस्पतालमा डा.केसीलाई भेटेर उनको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनलाई साथ दिन सबै सज्जन नेपालीलाई आव्हान गरेका छन्।
पाँच दिनदेखि अनसनरत् केसीलाई भेट्न भट्टराई बिहीबार ४ बजे टिचिङ अस्पताल पुगेका भट्टराईले
चिकित्सा क्षेत्रको समग्र सुधारका पक्षमा विगतमा भएका सहमति कार्यान्वयन, मनमोहन विधेयक संसदबाट फिर्ता हुनुपर्नेलगायताका सबै माग जायज रहेको बताए।
यद्यपी उनले लोकमानसिंह कार्कीलाई महाअभियोग लगानेविषयमा व्यक्तिगत कुरामा नजान आग्रह गरे।
अहिलेको स्थितिमा सरकार पनि कामचलाउ जस्तो र नयाँ सरकार पनि नबनेको अवस्थामा उहाँको स्वास्थ्य अवस्थाबारे हामी एकदमै चिन्तित छौ,’ भट्टराईले भने,‘ हामीलाई डा.केसीको चिन्ता छ, म प्रधानमन्त्री भएको पालादेखि उहाँको माग प्रति मेरो ऐक्यवद्धता छ।’
डा. केसी आइतबारदेखि टिचिङमा अनसन थालेका थिए।
0 comments
Write Down Your Responses