दुर्घटना बढेकोमा चिन्तित छुः प्रधानमन्त्री

११ भदौ, काठमाडौं ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय बढेको सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । रौतहटका सभासद् प्रभु साहसहितको टोलीसँग आज विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बढेको दुर्घटनाले आफूलाई चिन्तित बनाएको बताए ।

 उनले दुर्घटना न्यूनिकरणको सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ भने छलफल गरिरहेको बताए । भेटमा आफूहरुले भने घाइतेको उपचार र मृतक परिवजारलाई राहतको लागि आग्रह गरेको सांसद साहले बताए । रोतहटबाट पोखरा जाँदै गरेको यात्रुवस शुत्रबार बिहान त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो ।

 २०७३ भदौ ११ गते १०:१३ मा प्रकाशित

0 comments

Write Down Your Responses