अन्तरंग जोडी तथा दम्पत्तिहरुका लागि विमानभित्रै सुत्ने व्यवस्था

अन्तरंग जोडी तथा दम्पत्तिहरुका लागि मज्जाको खबर छ । एक एयरलाइन्सले पहिलोपटक आफ्नो विमानको विजिनेस क्लासमा डबल बेडको व्यवस्था गरेको छ । 

कतार एयरवेजले यो नयाँ प्रयोग सुरु गरेको हो । विमानभित्रको ‘क्यु सुइट’ मा यात्रुहरुले दुई मिडल सिटलाई पुरै तेस्र्याएर ओछ्यानमा परिवर्तन गर्न सक्छन् । यहाँ दुई मनोरञ्जनात्मक स्त्रिmनसहित एउटा निजी कोठा बनाउनका निम्ति ‘पार्टिसन प्यानल’ हरु पनि छन् । यात्रुहरु महंगा ब्रान्डका स्लीपर सुट लगाएर र ब्ल्यांकेट ओढेर एक अर्काको अंगालोमा आरामले निदाउन सक्छन् । तर यसमा यात्रा गर्न मोटै रकमको जोहो गर्नुपर्छ । उदाहरणका लागि लन्डनबाट दोहासम्म यात्रा गर्न ५ हजार डलर जति लाग्नेछ । जोडीका लागि बेड मात्र नभएर यस विमानमा सिंगै परिवारका लागि ४ वटा बेडसहितको निजी कक्ष तयार गर्न सकिने पनि व्यवस्था मिलाइएको छ । 

नयाँ सिट संरचनाको कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बाकेरले यसै साता बर्लिनमा आयोजित ट्राभल ट्रेड शोका क्रममा उद्घाटन गरे । यस्तो सिट तयार गर्नका लागि इन्जिनीयरहरुले दुई वर्ष समय लगाएको त्यस अवसरमा जानकारी दिइयो । बीचका चार सिटमा समायोजन गर्न सकिने प्यानल र सार्न सकिने टिभी मोनिटरले एकसाथ यात्रा गरिरहेका सहकर्मी, साथी र परिवारले आफ्नो स्थानलाई निजी कक्षका रुपमा रुपान्तरण गर्न सक्छन् । 

यहाँ उनीहरुले काम गर्न, खान र आपसमा घुलमिल हुन सक्छन् । नयाँ गरिएको व्यवस्थाका बारेमा सिइओ अल अल बाकेरले भने, ‘हाम्रो मौलिक र प्याटेन्टयुक्त डिजाइन् धेरै प्रकारले विश्वकै पहिलो हो र यसले यात्रुहरुलाई बढि गोप्यता, बढि छनोट र बढि व्यक्तिकरणको अफरसहित उडान उद्योगको मान्यतालाई नै चुनौति दिएको छ । दोाहामा प्रधानकार्यालय रहेको कतार एयरवेजसँग विश्वका ६ महादेशमा फैलिएका १ सय ५० गन्तव्यमा उड्ने १ सय ९४ बिमानहरु रहेका छन् ।

0 comments

Write Down Your Responses