एकजना पनि भेटिएनन सर्वोत्कृष्ट कर्मचारी

२०७२ भदौ २२ गते १०:१३ मा प्रकाशित

भदौ, काठमाडौं - सरकारले प्रत्येक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट निजामती पुरस्कार यो वर्ष वितरण नगर्ने भएको छ । हाल देशभरमा विभिन्न तहमा गरी झन्डै ८० हजार कर्मचारी रहेका छन् । यी ८० हजार कर्मचारीमध्ये सरकारले एकजनालाई पनि उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्न नसकेको  खबर छ ।

यसको अर्थ ८० हजारमा एकजना पनि सवोत्कृष्ट पुरस्कार पाउन योग्य देखिएनन् । सवोत्कृष्ट निजामती सेवा पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ । सरकारले हरेक वर्षको २२ भदौमा निजामती सेवा दिवस मनाउँदै आइरहेको छ ।

0 comments

Write Down Your Responses