प्रहरी स्कटिङमा मालबहाक सवारी भित्रिँदै
२०७२ भदौ २२ गते १६:३५ मा प्रकाशित
भदौ, काठमाडौं - बन्द काराण भन्सारहरुमा रोकिएका मालबहाक ट्रक, कन्टेनर तथा सवारीहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तब्यमा पठाउने क्रम तीव्र पारेको छ ।
गएराति र आज बिहानमात्रै प्रहरीले वीरगञ्ज भन्सारमा रोकिएका ९० वटा पेट्रोलियम ट्याङकरलाई काठमाडौं ल्याएको छ ।
१२ वटा पेट्रोल, ४७ वटा ग्याँस, १३ वटा डिजेल, ४ वटा मट्टतिेल र १४ हवाई इन्धन बोकाके ट्याकर काठमाडांै आईपुगेको नेपाल प्रहरीले जनाएको छ । यसैगरी पश्चिमबाट पूर्वजान हिँडेका एकसय आठवटा मालबहाक ट्रक र ८० वटा कन्टेनर सहित तीन सय ६६ वटा सवारीलाई प्रहरीले पूर्वी क्षेत्रका गन्तब्यमा पुर्याईएको छ ।
यस्तै पूर्वबाट पश्चिम जाने ८२ वटा ट्रक, ४६ वटा कन्टेनर सहित दुईसय ६० वटा सवारी गन्तब्यमा पठाईएको प्रहरीले जाकानरी दिएको छ । बिराटनगरको रानी भन्सारबाट ७ वटा ग्याँस ट्यांकर, ८ वटा लहरी, ५ वटा तेल ट्याङकर, १५ कन्टेनर र एकसय १६ ट्रक नेपाल भित्रिएका छन् ।
यसैगरी वीरगंज भन्सारबाट १ सय ८७ वटा मालबहाक ट्रक, २२ वटा पेट्रोल, १ सय २० वटा डिजेल, ५ वटा मट्टतिेल, १ वटा ग्याँस, २२ वटा हवाई इन्धनलगायत गरी तीनसय ६७ वटा सवारी साधन प्रहरीको स्ककटिङमा नेपाल आएका छन् ।
यस्तै वीरगञ्जबाट १ सय २० ट्याङकर, ५३ वटा कन्टेनर, ५५ वटा ग्याँस ट्याङकर र एकसय २३ वटा ट्रक भारततर्फ गएका छन् ।
रुपन्देहीको बेलहिया नाकाबाट आएका दुईसय ९९ ट्रक भित्रिएका छन् भने एकसय ५६ ट्रक बाहिरिएका छन् । बाँकेको जमुना नाकाबाट २६ वटा मालबहाक ट्रक नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डा नाकाबाट १० ट्रक नेपाल भित्रिएका छन भने र ८ वटा बाहरिएका छन् ।
यसैगरी कैलालीको त्रिनगर भन्सारबाट ९ वटा तरकारी बोकेको ट्रक नेपाल भित्रिएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सयौंको संख्यामा रहेका यात्रुबहाक बसलाई पनि गन्तब्यमा पुर्याएको छ । बन्दका कारण आयात ठप्प भएर विभिन्न क्षेत्रमा दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएपछि प्रहरीले स्कटिङलाई तीव्र बनाएको छ ।
0 comments
Write Down Your Responses