प्रहरी हवलदारको मृत्यु : प्रशासन र आन्दोलनकारीको आ–आफ्नै दाबी -

बर्दिया – बर्दियाको मैनापोखर बजारमा शुक्रवार बिहान भएको झड्पमा प्रहरी हवल्दारको देव बहादुर पाण्डेको मुत्युभएसँगै आन्दोलनकारी र सरकारी निकायले घटना बारे आ–आफ्नै दाबी पेश गरेका छन् । घटना पछी  कुरा गर्दै थरुहट थारुवान संघर्ष समितीका बर्दिया जिल्ला संयोजक गोविन्द चौधरीले भने, ‘मैनापोखरमा मकैबारी नै थिएन, प्लटिङ गरेको जग्गामा कहाँबाट मैक हुने बरु एउटा प्लटिङमा दाल फल्ने रहरको बाली थियो ।’ प्रहरीले पहिलो लाठीचार्ज गरेसँगै आन्दोलनकारी ढुंगामुढामा उत्रिएको उल्लेख गर्दै चौधरीले भने, ‘त्यतिवेला प्रहरीले मिस फायरीङ गरेपछी हवल्दार ढलेका थिए, हामीले लुकेर गोली हानेको हैन ।

’ घटना दुःखद भएको भन्दै आन्दोलनकारीले फायरीङ गरेको भन्ने दुस्प्रचार गरेर प्रशासनले आन्दोलन दबाउने षडयन्त्र रचेको उनले आरोप लागाए । यता बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कँुवरले घटना घटेको क्षेत्रमा मकैबारी भएको उल्लेख गर्दै त्यहिँबाट लुकेर आन्दोलनकारीले गोली चलाएको दाबी गरे । आन्दोनल कारीले मिस फायरीङ भएको भन्दै घट्नालाई मोड्न खोजेको कुँवरले बताए ।
मैनापोखर बजारमा विहानैदेखि स्थानिय आन्दोलनकारीहरु हात–हातमा भाटा बोकेर बसेका थिए । उनिहरु सडकमा निस्कँदा करिब नौ बजेको थियो । पत्रकार मेघराज सिग्देलका केही आन्दोलनकारीहरु भने विहानैदेखि सडकमा निस्केका थिए । विस्तारै आन्दोलनकारीहरु बढ्न थाले ।
 करिब ८ बज्दा नबज्दै काठमाडौंबाट गएका गाडीहरुलाई आन्दोलनकारीले रोक्न खोजेपछी प्रहरीसँग भनाभन शुरु भयो । आन्दोलनकारी आक्रामक रुपमा प्रस्तुत हुन थालेपछी ईलाका प्रहरी कार्यलयका ईन्सपेक्टर खेमराज रावले बर्दियाका प्रहरी प्रमुख एसपी गोविन्द राम परियार सँग सम्पर्क गरेका थिए । त्यतिवेला एसपी, प्रजिअ र थरुहट थारुवान संघर्ष समितीका संयोजक गोविन्द जिल्ला प्रशासन कार्यालयमा सँगै थिए । 

त्यतिवेला प्रजिआले उनलाई काठमाडौंबाट आएका गाडी छाडीदिन आग्रह गरे । प्रजिअको आग्रह अनुसार चौधरीले टेलिफोन गरेर गाडी छाड्न आग्रह गरेपनी स्थानिय आन्दोलन कारीले अस्विकार गरेपछी एसएसपीले तुरुन्त जनपथ र स शस्त्र प्रहरीको टोलीलाई स्कर्टीङ गरेर रात्रि बसहरु गुलरिया ल्याउन आदेश दिएका थिए । उनको आदेश अनुसार ईन्सपेक्टर अरुण कुमार सिंह सहितको टोली मैनापोखर पुगेको थियो ।
 सो टोलीको स्कर्टिङमा रात्रीबसहरु गुलरियातर्फ लागेपछि स्थानिय प्रहरी र आन्दोलनकारी बिच भनाभन भएको थियो । प्रमुख जिल्ला अधिकारीका अनुसार त्यतिवेला सम्म - करिब तीनसय आन्दोलनकारी जम्मा भैसकेका थिए । यता संयोजक गोविन्द चौधरीले भने बढिमा २० जना आन्दोलनकारी रहेको दाबी गरेका छन् । ईलाका प्रहरी कार्यालयमा ढुंगा मुढा हुन थालेपछी घटनाले उग्र रुप लिएको थियो ।
 थारु आन्दोलका अगुवाहरुले ढुंगामुढा हुनुभन्दा पहिले प्रहरीले लाठीचार्ज गरेको बताएका छन् । यता प्रशासनले भने लाठी चार्ज नगरीएको बरु ढुंगामुढा र गोली सँगसँगै चलेको दाबी गरेको छ । त्यसपछी कसले गोली चलाएको भन्नेबारे दुवै पक्षले आ–आफ्नै दबी पेश गरेका छन् । गोविन्द चौधरीले प्रहरीले आन्दोलनकारीलाई प्रहार गर्दा मिस फायरीङ भएको बताए छन् भने प्रजिअ कुँवरले मकैबारीमा लुकेर आन्दोलनकारीले गोली चलाएको दावी गरेका छन् ।
 गोली लागेर घाईते भएका प्रह हवल्दार देवराज पाण्डेको उपचारका क्रममा निधन भएको छ ।मैनापोखरमा घटना घटेको केही घण्टापछि मध्यपश्चिमाञ्चलका क्षेत्रिय प्रहरी प्रमुख डिआईजी केशव अधिकारी सहितका सरकारी अधिकारी घटना स्थलमा पुगेका थिए । आन्दोलनकारी तितरबितर भैसकेपछि मैनापोखर क्षेत्रको अवस्था अहिले सामान्य छ । 
स्थानियहरु त्रसित अवस्था रहेका छन् भने प्रशासनले गुलरियाबाट थप प्रहरीहरु मैनापोखर पठाएको छ । जिल्लाको शान्ति र शुरक्षा थप मजवुद बनाईने प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले बताए । उनका अनुसरा बर्दियामा तत्काल कफ्र्यु आदेश जारी गर्नुपर्ने अवस्था सिर्जना भैसकेको छैन । प्रहरी हवल्दारलाई गोली हानेको आशंकामा पक्राउ परेका तिन आन्दोलनकारीहरु नरेश थारु, रामहरश थारु र अविनाश थारु बारे अनुसन्धान भैरहेको छ । 
उनीहरु माथि अनुसन्धान जारी रहेको प्रजिअ कुँवरले जानकारी दिए । घटनाका बास्तविक दोषि पत्ता लगाएर जसरी पनि कारवाहीको दायरामा ल्याउने प्रजिअ कुँवरको भनाई छ ।

0 comments

Write Down Your Responses