प्रहरीको गोलीबाट मारिएकाको शवयात्रामा मानवसागर उर्लियो -
१९ भदौ, वीरगञ्ज । आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका पाँच जनाको शवयात्रामा मानवसागर उर्लिएको छ ।
शवयात्रामा हजारौं मानिस सहभागी भएका छन् । गाउँ गाउँबाट मानिसहरु आएका छन् ।
स्थानीय प्रशासनले मृतक पाँचै जनालाई सहिद घोषणा, घाइतेको उपचार र पीडित परिवारलाई क्षतिपूर्ति दिन सिफारिस गर्ने सहमति भएपछि परिवारले शव बुझेका हुन् ।
शव यात्राका लागि विहान ९ बजेदेखि १२ बजेसम्म कफ्र्यू हटाइएको थियो । तर, जनसहभागिता बढेपछि लम्ब्याइएको छ ।
१४ र १५ गते वीरगञ्जमा भएको झडपमा प्रहरीको गोली लागेर दिलिप चौरसिया, धर्मराज सिंह, दिनानाथ साह, जयप्रकाश साह तेली र सोहन साहको मृत्यु भएको थियो । उनीहरुको तिलावे पुलमा सामूहिक रुपमा अन्त्येष्टि गरिँदैछ
0 comments
Write Down Your Responses