भाडामा कोख सेवा सञ्चालकलाई चेतावनी
भाद्र १८, २०७२- स्वास्थ्य मन्त्रालयले मुलुकमा भाडाको कोख लिएर वच्चा जन्माउने 'सेरोगेसी', सेवा संञ्चालन गर्ने अस्पतालहरुलाई तत्काल यो सेवालाई बन्द नगरे प्रचलित कानुन अनुसार कारवाहि गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयद्वारा शुक्रवार जारी विज्ञप्ती अनुसार कुनै पनि स्वास्थ्य संस्था, चिकित्सक, चिकित्साकर्मी लगायतका व्यक्तिले मुलुकमा सेरोगेसी सेवामा संलग्न नहुन जानकारी गराइएको छ ।
विज्ञप्तीमा सेरोगेसी सेवा सम्वन्धि गत वर्षको मन्त्रिपरिषदको निर्णय दुरुपयोग गरेर मुलुकको कतिपय स्वास्थ्य संस्थाले उक्त सेवा संञ्चालन गरेको जानकारी प्राप्त भएको वारे समेत ध्यानाकर्षण भएको उल्लेख छ ।
मन्त्रालयले मुलुकमा उक्त सेवा संञ्चालन वारे छानविन जारी रहेको अवस्थामा सर्वोच्च अदालतले 'सेरोगेसी स्थगित गर्नु, कार्यान्वन नगर्नु नगराउनु, कुनै अस्पताल नर्सिङ्ग होम वा स्वास्थ्य सेवा प्रदान गर्ने निकायलाई कुनै तरिकाले प्रत्यक्ष वा परोक्ष रुपमा अनुमति नदिनु नदिलाउनु', भनेर अन्तरिक आदेश समेत जारी गरेको उल्लेख गरेको छ ।
0 comments
Write Down Your Responses