प्रहरीको गोली लागेर तीनको मृत्यु

२३ भदौ, जलेश्वर । महोत्तरीको जलेश्वरमा बुधबार अपराह्न प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका ७ का रोहन चौधरी, १४ का मुसवा कापर र जलेश्वर ५ का रामविवेक यादव रहेका छन् ।प्रदर्शनकारीले जिल्ला अदालतमा आगजनी गर्न लागेपछि सरकारी सम्पत्ति जोगाउने क्रममा बल प्रयोग गर्नुपरेको प्रशासनको भनाइ छ ।

 दिउँसो २ बजेदेखि जलेश्वरमा विभिन्न ठाउँबाट मानिसहरुको भीड एक्कासी भेला हुन थालेको थियो । स्थानीय महेन्द्र चोकमा भेला भएको भीडमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी गरिरहेका थिए ।

 त्यहीबेला उत्तरतर्फ तैनाथ रहेका प्रहरीमाथि केही व्यक्तिले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको थियो । सुरुमा स्थानीय नेताहरुले प्रहरीसँग छलफल गरेर स्थितिलाई साम्य पार्न प्रयास गरेका थिए । त्यसक्रममा ढुंगा हान्ने केही व्यक्तिलाई प्रहरीले पक्राऊ समेत गरेको थियो ।

0 comments

Write Down Your Responses