जनकपुर तनावग्रस्त, गोली लागेर तीन जना घाइते
२०७२ भदौ २१ गते १७:०७ मा प्रकाशित
वीरन्द्र रमन
२१ भदौ, जनकपुर । मधेसी मोर्चाको आन्दोलनका क्रममा जनकपुर सोमबार दिनभर तनावग्रस्त भएको छ ।
आन्दोलनकारीले कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका छन् भने एमाले कार्यालयमा अजगनी गर्न प्रयास गरेका छन् ।
विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा १५ जना घाइते भएका छन् । तीन जनालाई रबरको गोली लागेको छ । रन्जित साह, रमेश चौधरी र सुनिल राउतलाई गोली लागेको हो ।मधेसी मोर्चाका कार्यकर्ता लाठीसहित प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरुले राराब क्याम्पस नजिकै रहेको नेपाली कांग्रेस धुनुषाको कार्यालयमा पेट्रोल छरेर आगजनी गरेका छन् ।
आगलागीका कारण कार्यालयमा भएको कागज पत्र जलेर नष्ट भएको छ ।
प्रहरीले दमकलको सहयोगमा आगो निभाएको छ ।
लगतै मोर्चाका कार्यकर्ताहरु एमाले धनुषाको पार्टी कार्यालयतिर गए । उनीहरुले आगजनी तथा फोडफोडको प्रयास गरेपछि प्रहरीले असफल पारेको छ ।
नजिकै जिल्लाका सरकारी कार्यलयहरु भएकाले त्यहाा तैनाथ प्रहरीले आन्दोलनकारीलाई रोकेका थिए ।
0 comments
Write Down Your Responses