एउटै बोटबाट ३० लाखसम्म आम्दानी

२०७२ भदौ २३ गते ७:२८ मा प्रकाशित

२३ भदौ, काभ्रे । बौद्धगुरु पद्मसम्भवन (गुरु रेमपोछे) ले काभ्रे तिमालको पोखरी नारायणस्थान-९ तोङसाम कुण्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो गाउँ फर्किने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित भएको छ । पद्मसम्भवनले आठौं शताब्दीमा आर्शिवादस्वरुप रोप्न दिएको एउटा वनस्पतीको माला बेचेर अहिले तिमालवासी लखपति भएका छन् ।
 कृषकहरुले एउटै बोटबाट २ देखि २५-३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । लामो समयसम्म कुहिएर खेर गइरहेको बुद्धचित्त मालाको ब्यवसायिक कारोबार हुन थालेको भने ३-४ वर्ष मात्रै भएको कारोबार खबर छ । बुद्धचित्तकालागि तिमाल हावापानी विश्वमै अब्बल मानिन्छ । तिमालका बोल्देफेदिचे, सस्र्यूखर्क, कानपुर, मेच्छे, ठूलोपर्सेल,पोखरी नारायणस्थान, कुरुवास, चापाखोरी र समरथलीमा यसको ब्यवसायिक खेती नै शुरु भएको छ । बुद्धचित्तको माला बुद्धका अनुयायी तथा बौद्ध धर्मावलम्बीले अध्यात्मिक चिन्तनमा उपयोग गर्छन्

0 comments

Write Down Your Responses