अवैध सम्बन्धको पोल खुल्ने डरले महिलाले गरिन् प्रेमीको हत्या, होटल बुक गरेर राख्थे यौनसम्पर्क



कुविक एनपी न्युज बाट 
कार्तिक १३-२०७२ 
एजेन्सी । पछिल्लो समय विश्वभर यौन अपराध दिनानुदिन बढिरहेका छन् ।ही क्रममा भारतको राजधानी नयाँ दिल्लीमा यस्तै एउटा यौन अपराध घटना सार्वजनिक भएको छ । घटना अनुसार प्रेमी र प्रेमिका दुबै छोराछोरी, श्रीमती श्रीमान र आ-आफ्नै घरबार भएका व्यक्ति हुन् ।तर, प्रेमीलाई सेक्स र प्रेमिकालाई पैसा आवश्यक भएकाले यो सम्बन्ध लामो समयसम्म चल्यो ।

 भारतीय सञ्चार माध्यमले प्रकाशित गरेको समाचार अनुसार प्रेमीको उमेर ५३ वर्ष रहेको छ भने प्रेमिकाको उमेर ३५ वर्ष । उनीहरुबीच विगत १५ वर्षदेखि अवैध सम्बन्ध रहेको थियो ।हरेक समयको शारीरिक सम्बन्धका बेला प्रेमीले प्रेमिकालाई हजारौं रुपैयाँ दिन्थे । समाचार अनुसार प्रेमी धनी धरानाका पैसावाला थिए भने प्रेमिका गरिब परिवारकी तर पैसाका लागि आफ्नो शरीर कथित प्रेमीलाई बेच्थिन् ।

 ५३ वर्षीय प्रेमीको नाम हो गजानन्द । जसका श्रीमती र चार छोराछोरी छन् । यस्तै, प्रेमिकाको नाम हो सुनिता जसका श्रीमान र दुई छोरा छन्|यी दुबै जना प्रत्येक हप्ताको एक दिन होटल बुक गराएर अवैध शारीरिक सम्पर्क राख्थे । त्यो समयमा गजानन्द सुनितालाई हिसाब किताबै नगरी पैसा दिन्थे । त्यो पैसा पाएपछि सुनिता पनि गजानन्दकै प्रेमिका बनेर अवैध सम्बन्ध राख्न होटलै पुग्थिन् ।तर, पछिल्लो समय गजानन्द र सुनिताबीच सम्बन्ध विग्रियो । र गजानन्द आफूले दिएको पैसा फिर्ता माग्न थाले । 

उनले यौनसम्पर्क राख्दा दिएको पैसा भने मागेका होइनन् । एकपटक उनले घर किन्ने भनेपछि सुनितालाई १० लाख रुपैयाँ दिएका थिए । त्यही पैसा माग्दा सुनिताले दिन मानिनन् ।त्यसपछि गजानन्दले पैसा नदिए आफूहरुले अवैध सम्बन्ध बारे सुनिताका श्रीमानलाई जानकारी गराउने धम्की दिएपछि उनको हत्या भयो । अवैध सम्बन्धको पोल खुल्ने डरले सुनिताले गजानन्दलाई होटलमै बोलाएर बेहोस बनाइ आगो लगाएर हत्या गरेकी हुन् ।

आगो धुवा देखेपछि होटलका कर्मचारीले गजानन्दलाई अस्पताल पु¥याएका थिए । जहाँ उनको ९० प्रतिशत शरीर जलिसकेको थियो । तर, अन्तिम स्वास लिने बेला गजानन्दले पैसा माग्दा सुनिताले बेहोस बनाई मट्टितेल खन्याएर आगो लगाएको बताएपछि घटनाको पोल खुलेको हो ।

अन्तिम बयानपछि गजानन्दको मृत्यु भयो । गजानन्दको हत्या गरी फरार रहेकी सुनितालाई प्रहरीले सार्वजनिक बसबाटै पक्राउ गरेको थियो । अहिले प्रहरीले सुनितालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको छ । खबर अनुसार उनले गजानन्दको हत्या गरेको स्वीकार गरेकी छिन् ।

0 comments

Write Down Your Responses