पासाङलाई उपराष्ट्रपति नबनाउन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको दवाव

कुविक एनपी न्युजबाट 

 काठमाडौं, १३ कात्तिक 
 एकीकृत नेकपा माओवादीका नेता तथा पूर्वलडाकु कमाण्डर नन्दकिशोर पुन पासाङलाई उपराष्ट्रपतिको उम्मेद्धार  बनाउन  प्रदंमंत्री  केपी ओली ले  अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पदभारग्रहण सकिएलगतै दुई सत्तारुढ दल एमाले र एमाओवादीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

 बैठकमा प्रधानमन्त्री ओलीले पासाङलाई उपराष्ट्रपति बनाउनु भन्दा मधेसी वा थारु समुदायका ब्यक्तिलाई उम्मेद्धार बनाउन प्रस्ताव गरेका थिए । ओलीले पासाङ माओवादीको पूर्व लडाकु कमाण्डर भएकोले उपराष्ट्रपति बनाउँदा नेपाली सेनामा अप्ठेरो पर्ने समेत बताएका थिए । स्रोतका अनुसार नेपाली सेनाले पासाङलाई उपराष्ट्रपति नवनाउन प्रधानमन्त्री कोइरालालाई दवाव दिएको छ ।

 सेनाको दवावमा प्रधानमन्त्री ओलीले मधेसी वा थारु समुदायको ब्यक्तिलाई उपराष्ट्रपति बनाउन दाहाललाई आग्रह गरेको स्रोतले बताएको छ । उपराष्ट्रपति पनि सेनाको परमाधिपति नै हुने भएपछि अप्ठेरो परेको ओलीले दाहाललाई वताएका थिए ।

 ओलीको प्रस्तावमा समर्थन गर्दै एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी देशको चाहाना पनि मधेसी र थारु समुदायकै ब्यक्ति भएको बताएका थिए । भारत र नेपाली सेनाको दवावमा एमालेले पासाङलाई स्वीकार नगर्ने बताएपछि एमाओवादी अध्यक्ष दाहाल जंगिएका थिए ।

 उनले ‘खोलो तर्याे लौरो विर्सेयो’ जस्ता नगर्नुस् भन्दै एमाले नेताहलाई आफ्नो पार्टीको निर्णय मान्न आग्रह गरेका थिए । ‘हामीले तपाईहरुको पार्टीको निर्णय मान्यौ, प्रधानमन्त्री र राष्ट्रपतिमा सहयोग गरयौ, अब तपाईहरुको पालो छ च्याँखे नथाप्नुहोस’ बैठकमा दाहालले भने ।

 एमाओवादीले आफ्नो स्थायी समितिको निर्णय अनुसार पासाङलाई उपराष्ट्रपतिमा अगाडी सारेको बताएको थियो । ‘तपाईहरुलाई जे गर्न मन छ गर्नुहोस, तर हामी निर्णय बदल्दैनौ’ बैठकमा दाहालले भने । उपराष्ट्रपतिको निर्वाचन भोली ब्यवस्थापिका संसदमा हुँदैछ ।

0 comments

Write Down Your Responses