उपराष्ट्रपतिमा एमाओवादी नेता नन्दकिशोर पुन पासाङ ३२५ मत प्राप्त गरि निर्वाचित -
काठमाडौं, १४ कात्तिक - उपराष्ट्रपतिमा एमाओवादी नेता नन्दकिशोर पुन पासाङ ३२५ मत प्राप्त गरि निर्वाचित भएका छन्। मतदानमा कुल ५४७ मत खसेको थियो । जसमध्ये १० मत बदर भएको छ । भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट उमेद्वार भएका अमियकुमार यादवले २१२ मत प्राप्त गरेका छन्
नन्दकिशोर पुन पासाङको जन्म २०२२ साल कार्तिक ७ गते रोल्पा जिल्लाको राङसी गाविस वडा नम्वर ९ मा भएको थियो । आमा मनसरा पुन र वुवा रामसुर पुनका माहिलो छोरो पासाङले ०५२ साल फागुनमा जनयुद्ध शुरु भएपछि लगत्तै चैत महिनामा आमा गुमाए । आमा वुवाले नै उनलाई निकै दुख गरेर हुर्काएका थिए ।
माओवादी जनयुद्धमा सुरुदेखि अन्तिमसम्म जनमुक्ति सेनाका प्रमुख कमान्डर थिए नन्दकिशोर पुन पासाङ । उनकै नेतृत्वमा माओवादीले ठूला–ठूला आक्रमण गरेको थियो ।
अहिले एमाओवादीका स्थायी समिति सदस्य रहेका उनी पार्टीको मगरात राज्यको इन्चार्ज, पूर्वजनमुक्ति सेना संघको अध्यक्ष, मगर राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्ज पनि हुन् ।
माओवादी जन्मिनुअघि उनी एकता केन्द्र मशालको रोल्पा जिल्लाको सदस्य थिए । ९ मंसिर ०५१ मा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बनेका पासाङ कांग्रेस युवा नेता गगन थापासँग पराजित भएका थिए ।
0 comments
Write Down Your Responses