पुरानो बसपार्कमा २१ तले भ्यु टावर, आज उपराष्ट्रपतिले शिलान्यास गर्दै -
२०७२ कार्तिक २५ गते
काठमाडौं -रत्नपार्कस्थित पुरानो बसपार्कमा २१ तले ‘काठमाडौं भ्यु टावर’ निर्माण हुने भएको छ । विवादका कारण लामो समयसम्म स्थगित भ्यु टावरको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गर्ने भएका छन् ।
काठमाडौं महानगरपालिकाले निजी कम्पनी जलेश्वर स्वच्छन्द बिकोइसँगको साझेदारीमा टावर निर्माण गर्न लागेको हो ।
टावर निर्माणका लागि लाग्ने सम्पूर्ण रकम निजी कम्पनी बिकोइले नै गर्नेछ । टावरको लागत रकम तीन अर्ब रुपैयाँ रहेको छ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्न पाउने नयाँ पत्रिकामा खबर छ ।
३० वर्षपछि भने टावर स्वत: महानगरपालिकाको स्वामित्वमा आउने महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए ।
उनका अनुसार टावर तीन वर्षभित्र निर्माण भइसक्नेछ ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत तामाङका अनुसार पब्लिक प्राइभेट पार्टनसिप (पिपिपी) प्रणालीअन्तर्गत निर्माण हुन लागेको यो मुलुककै ठूलो परियोजना हो । ‘पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गत बन्ने यो मुलुककै ठूलो परियोजना हो ।
यो तीन वर्षभित्र बन्नेछ । टावरको लागत रकम तीन अर्ब रुपैयाँ तोकिएको छ । सबै रकम निजी कम्पनीेले नै लगानी गर्नेछ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्नेछ । त्यसपछि भने महानगरपालिकाको स्वामित्वमा आउनेछ,’ कार्यकारी अधिकृत तामाङले भने ।
0 comments
Write Down Your Responses