सरकार होइन व्यवस्था परिवर्तन : भट्टराई

असार २४

विराटनगर–

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकार भन्दा व्यवस्था परिवर्तन अहिलेको आबश्यकता भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको आबश्यकता भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसद हुुनुपर्ने बताए ।

 हामीले पटक पटक सरकार परिवर्तनको कुरा देखेका छौँ । अव यसमा लाग्ने होइन । अव व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको पक्षमा छ । यही हुने गरि व्यवस्था परिवर्तन आजको खाँचो हो ।’ उनले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा रहेको पनि बताए । 

नेता भट्टराईले यस्तो व्यवस्थाले स्थिरता र विविधतापूर्ण समुदायको प्रतिनीधित्व सुनिश्चता गने बताए । संयोजक भट्टराईले जहिले चुनवा भएपनि आफ्नो पार्टी तयार रहेको जानकारी दिदै निर्वाचन अगाडि तराई–मधेश, आदीवासी–जनजाती र अन्य समुदायले संविधानप्रति राखेको असन्तुष्टि सम्बोधन हुन आबश्यक रहेको बताए । 

उनले निर्वाचन अगाडि प्रदेशको सीमाङ्कन, स्थानीय निकायको पुनसंरचना पनि आबश्यक हुने बताए । ‘यति गरेपछि मात्र चुनाव हुन्छ , त्यसपछि स्थानीय, प्रदेश र संसदको एकै पटक चुनाव गरेपनि हुन्छ ।’ उनले भने ।

0 comments

Write Down Your Responses