अर्काकी श्रीमती विवाह गर्दा ३३ वर्षपछि कैद !

१८ असार, काठमाडौं । 

३३ वर्षअघि भएको ‘जारी’ मुद्दामा सप्तरीका एक दम्पतीले वृद्ध उमेरमा कैद सजाय भोग्दैछन् । जिल्ला अदालतको २०४१ असार ३२ को फैसला बमोजिम हालै पक्राउ परेका घोघनपुर-२ का एक दम्पती कैद सजाय काट्न राजविराज कारागारमा थुनिएको अदालतले जनाएको छ । 

 जिल्ला अदालतबाट खटिएको कर्मचारीको टोलीले घोघनपुर २ का ६७ वर्षीय रोजित मियालाई गत सोमबार र उनकी श्रीमती ६४ वर्षीया हरिहरबती बाँतरनीलाई बिहीबार पक्राउ गरेको हो । उनीहरु दुवैजनामाथि अदालतले ३२ वर्षअघि जनही एक हजार जरिवाना र एक महिना कैद सजायको फैसला गरेको थियो ।

 पश्चिमी कोसी नहरमा मिस्त्री काम गर्ने मियाँले जनमजदुरी गर्ने बाँतरनीलाइ ०४० साउन १ गते श्रीमती बनाइ भगाएका थिए । घटनाबपछि बाँतरनीका पहिलो श्रीमान श्यामसुन्दरका तर्फबाट वारसे भइ उनका बुबा खप्सु सरदारले सम्पत्तिसहित अर्काकी श्रीमती भगाउने र भाग्नेलाई कारबाहीको माग गर्दै २०४० साउन २ गते जिल्ला अदालतमा जारी मुद्दा दर्ता गराएका थिए ।

 प्रहरीले फैसला भएको ३२ वर्षपछि उनीहरुलाई घरबाटै पक्राउ गरी कारागारमा थुनामा पठाएका हुन् । उनीहरुले जरिवानास्वरुप एकहजार तिरेका छन् भने एक/एक महिना कैद भुक्तान गर्न कारागारमा थुनिएका छन् । श्रीमती लैजाने जारलाई कारवाह गिर्न र अर्कोसँग विवाह गरेर गएकी पत्नीले लगेको धनमाल फिर्ता पाउँ भनी माग गरेर अदालतमा पहिलो जारी मुद्दा दर्ता गर्न पाइन्थ्यो । तर नेपाल एन संशोधन गर्न बनेको एनले जारी महल खारेज गरेको छ ।

0 comments

Write Down Your Responses