पाकिस्तानमा बाढीबाट तीसको मृत्यु
प्रकाशित मिति: आइतबार, आषाढ १९, २०७३
इस्लामाबाद - पाकिस्तानको उत्तरपश्चिम प्रान्त पाख्तुनख्वाको चितराल जिल्लामा आएको बाढीमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको समाचार छ ।
यस बाढीमा परी अन्य ३५ जना घाइते भएका छन् भने, दर्जनाँैको सङ्ख्यामा व्यक्ति वेपत्ता भएका अधिकारीले आइतबार बिहान जानकारी दिएका छन् ।
खैबर पाख्तुनख्वा प्रान्तका चितराल जिल्लामा आएको यस बाढीमा परी एक मस्जिटलगायत ३० वटा घर बगाएको सो जिल्लाका मेयर मघफिरात हुसेनले बताउनुभएको छ ।
अफगानिस्तान र पाकिस्तानको सीमानजि कै आएको यस बाढीमा ३५ व्यक्ति गम्भीर घाइते भएका ३१ जना बेपक्ता भएका उर्दु टेलिभिजन च्यानलले जानकारी दिएको छ । उद्धारकर्ताहरुले उद्धारकार्य जारी राखेका छन्, तर अबिरलरुपमा परिरेहेको भारी वर्षाको कारण उद्धारकार्यमा भने कठिनाई आएको बताइएको छ ।

0 comments
Write Down Your Responses