नयाँ संविधानप्रति विरोध जनाउँदै संघिय गठबन्धनद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा -
काठमाडौं, २४ असार ।
नयाँ संविधानप्रति विरोध जनाउँदै संघिय गठबन्धनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघिय गठबन्धनको काठमाडौंमा आज बसेको केन्द्रिय सचिवालय बैठकले थप निर्णायक आन्दोनका कार्यक्रम घोषणा गरेको हो ।
तमलोपाका केन्द्रिय सदस्य सुरेश मण्डलले खुलामञ्चमा जारी रिले अनसन साउन महिनासम्म जारी रहने बताए ।
सरकारले साउन १५ गते सम्म पनि आफ्ना मागको सुनुवाई नगरे साउन १५ गतेदेखि तराईका जिल्ला सदरमुकामहरुमा रिले अनसन बस्ने उनले बताए।
भदौ महिना भर तराईका जिल्लाहरुमा आन्दोलनका बारेमा प्रशिक्षण दिइने तमलोपाका केन्द्रिय सदस्य सुरेश मण्डल बताए ।
भदौ भरिमा पनि आफ्ना मागका बारेमा सरकारले कुनै वास्ता नगरेमा असोज पहिलो हप्ताबाट निर्णायक आन्दोलन गरिने संघिय गठबन्धनले जनाएको छ ।
निर्णायक आन्दोलन गर्दा कुनै पनि आन्दोलनकारी घाइते भएमा वा मृत्यु भएमा उनीहरुका लागि उपचारकोष खडा गर्ने निर्णय केन्द्रिय सचिवालय बैठकले गरेको छ ।
कोषमा चाहिने आवश्यक रकम संकलनका लागि देश विदेशमा रहेका शुभचिन्तक र समर्थकलाई सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
-गठबन्धनले नयाँ संविधानको विरोध गर्दै यस अघि नेपाल भारत सिमा नाका बन्द गरेको थियो ।
भारतको इसारामा तराई केन्द्रित दलले निर्णायक भनिएको आन्दोलन गर्दा देशमा ठूलो हाहाकार फैलिएको थियो ।

0 comments
Write Down Your Responses