हमलाको हल्लाले समर्थक आतंकित, आइफेल टावरको फ्यान जोनमा ठूलै आतंक

असार २०

काठमाडौं–युरो २०१६ को आयोजक फ्रान्सलाई सबैभन्दा बढी चिन्ता सुरक्षाको छ । युरो सुरु हुनुअघि आतंकवादी हमला हुने अनेकौं हल्लाका बाबजुद फ्रान्सले अहिलेसम्म खेलाडी तथा अफिसियललाई असुरक्षा महसुस हुन दिएको छैन् । 

तर, समर्थकले अझै पनि ढुक्कका साथ युरोकप हेर्न सकेका छैनन् । अमेरिका, बेलायतलगायतका देशले युरो २०१६ मा आतंकवादी हमला हुनसक्ने भन्दै फ्रान्सको भ्रमण नगर्न आफ्ना नागरिकलाई भ्रमण नगर्न चेतावनी दिएका थिए । त्यसैले पनि समर्थकमा हमलाको त्रास हट्न सकेको छैन । 

आतंकवादी हमला हुनसक्ने हल्लाले शनिबार पेरिसस्थित आइफेल टावरको फ्यान जोनमा ठूलै आतंक मच्चायो । इटाली र जर्मनबीचको खेल हेर्न आइफेल टावरमा रहेको फ्यान जोनमा जम्मा भएका समर्थकहरुबीच भागदौड मच्चिएको थियो ।

 भागदौडमा केही समर्थक घाइते भएका छन् । फ्यान जोनमा अचानक इस्लामिक स्टेटले हमला गर्दै छ भनी हल्ला फैलिरहेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses