चीन बाढी: दर्जनौंको मृत्यु हजारौं विस्थापित

उत्तरी र मध्य चीनमा आएको बाढीमा कम्तिमा ८७ जनाको ज्यान गएको छ। थुप्रै हराइरहेका छन् र हजारौं हजार घरबार विहीन भएको अधिकारीहरुले बताएका छ्न। खुबेय र खनान प्रान्त अकस्मात आएको बाढी र पहिरोबाट नराम्ररी प्रभावित भएका छन्। 

खुबेयमा ७२ जनाको ज्यान गएको र करिब ५० हजार घर ध्वस्त भएको बताइएको छ। खनानमा १८ हजार घरमा क्षति पुगेको छ। विस्थापित चिनिया अधिकारीहरुले बाढीग्रस्त क्षेत्रमा आर्थिक सहायता दिने बताएका छन्। त्यहाँ दशौं लाख मानिस प्रभावित भएका छ्न्। खुबेयका अधिकारीहरुका अनुसार जिङटाई नगरमा मात्रै २५ जनाको ज्यान गएको छ। यो क्षेत्रमा तीन लाख मानिस विस्थापित भएका छन्।

 खनानमा १५ जनाको मृत्यु भएको र ७२ हजार विस्थापित भएको बताइएको छ।चिनिया सञ्चार माध्यम सिन्ह्वाका अनुसार विद्युत आपूर्ति बन्द छ र ठूलो क्षेत्रमा सञ्चार र यातायात सञ्जालमा समस्या आएको छ। आरोप क्रुद्ध स्थानीयबासीले स्थानीय अधिकारीहरुले खराब मौसमबारे अग्रिम जानकारी दिन नसकेको आरोप लगाएका छन्। 

चीनमा यो साल ग्रीष्मकालीन वर्षा निकै धेरै भएको छ। र खराब मौसमका कारण २०० भन्दा बढिको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन्। त्यसैगरी एक करोड पचास लाख भन्दा बढि हेक्टरको कृषिमा क्षति पुगेको छ। त्यसको अनुमानित आर्थिक क्षति तीन अर्ब डलर भएको बताइएको छ।

23/07/2016

0 comments

Write Down Your Responses