नवजात शिशुको नाक मुसालेखाइदिएपछि

अस्पतालमा उपचारका लागि ल्याइएको एक नवजात शिशुको नाक मुसाले टोकिदिएपछि भारतको मध्य प्रदेशस्थित धारको जिल्ला अस्पतालमा हालै ठूलै तहल्का मच्चियो । 

यो घटनालाई लिएर अस्पतालले अस्पतालको सिभिल सर्जन वार्डकी पालेलाई बर्खास्त गर्नुका साथै एक स्टाफ नर्सलाई निलम्बन गर्नुपरेको छ । केही समयपहिले एक निजि अस्पतालमा उक्त बच्चाको जन्म भएको थियो । बच्चाको स्वास्थ्य निकै बिगि्रएपछि उसका बावुआमाले उपचारका लागि जिल्ला अस्पतालको बाल वार्डमा भर्ना गरेका थिए ।

 तर बच्चा उपचारकै क्रममा रहेको अवस्थामा केही दिनअघि बच्चाको नाक मुसाले काटिदिएपछि अस्पतालको लापरवाहीको विषय ठूलै चर्चाको विषय बनिरहेको छ । यद्यपि अस्पतालले भने बच्चाको नाक मुसाले काटेको कुरा अस्विकार गर्दै आएको छ ।

 सिभिल सर्जन डाक्टर गंगराडेले विरामी बालकको उपचार जारी रहेको र उसको स्वास्थ्यमा निकै सुधार आइरहेको भन्दै उसलाई मुसाले टोकेको भन्ने कुरा गलत रहेको बताएका छन् । तर यस्तो गलत अफवाह रोक्न नसकेको भन्दै दुइ कर्मचारीमाथि कारवाही गरिएको उनको दाबी छ । कर्मचारीहरुले भने अस्पताल प्रशासनले आफ्नो कमजोरी लुकाउनका लागि दुइ कर्मचारीमाथि कारवाही गरेको भन्दै विरोध गरेका छन् ।

,

0 comments

Write Down Your Responses