नेपाली डाक्टरद्वारा करिब ६५ लाख सहयोग
भाद्र १८, २०७२-
अष्ट्रेलियाको मेलबर्नमा रहेका ३ नेपाली डाक्टरहरुको पहलमा नेपालका भुकम्पपीडितहरुको सहयोगार्थ ७० हजार डलर करिब ६५ लाख रुपैयाँ सहयोग संकलन गरिएको छ ।
मेलबर्नमा रहेको अष्टिन अस्पतालमा काम गरिरहेका डाक्टरहरु होसिम प्रसाईं थापा, विभुशान थापा र रञ्नन सापकोटाले आफ्नो पहलमा उक्त रकम संकलन गरेर नेपालका भूकम्पपीडितहरुको सहयोगका लागि पठाएका हुन् ।
प्रसाईं उक्त अस्पतालमा एनेस्थेसिया डाक्टरको रुपमा कार्यरत छिन भने थापा र सापकोटा कार्डियोथोरासिक सर्जनका रुपमा कार्यरत रहेका छन् । उनीहरुले उक्त अस्पतालको सबै विभागका कर्मचारी, चिकित्सकहरु र अन्य स्थानीय अस्पताल लगायतहरुबाट उक्त रकम संकलन गरेका हुन् ।
‘हामीले नेपालमा भूकम्प गएको समयदेखि नै गर्नसक्ने सबै किसिमका सहयोगहरु गरेका थियौं । डा. प्रसाईंले कान्तिपुरसँग भनिन, अझ सहयोगका रुपमा रकम नै संकलन गर्न सकियो भने राम्रो हुन्छ भन्ने सल्लाह अनुसार रकम संकलन गरेका हौं ।’ उनका अनुसार उनीहरुले संकलन गरेको रकम युनिसेफले ७ प्रतिशत प्रशासनिक खर्च कटाएर सबै रकम नेपालका पीडितहरुमा लगानी गरिदिने प्रतिबद्धता जनाएपछि युनिसेफ मार्फत नेपाल पठाइएको छ ।
उनीहरुले ‘एभ्रिडे हिरो’ नामक वेब पेज मार्फत आफ्नो पेज निर्माण गरेर सहयोग अभियान थालेका थिए । उनीहरुको यो अभियानमा चिकित्सकहरुमा मात्र नभएर अन्य कर्मचारीहरु, स्थानीय ब्यवसायी, अष्ट्रेलियन रियल स्टेट, क्याफेहरुले समेत सहयोग जुटाउन मद्दत पुरयाएका थिए । उनीहरुलाई यो अभियानमा सबैभन्दा ठुलो सहयोग उक्त अस्पतालका डाक्टर स्टिफ बार्नेटले पुरयाएका थिए ।
‘उनले यही अभियानलाई सहयोग पुरयाउन आफ्नो घरमा च्यारिटी डिनरको समेत आयोजना गरेका थिए, डा. प्रसाईले थपिन, उनको सहयोगबिना यत्रो सहयोग जुट्न असम्भव हुनेथियो ।’
आगामी ३ बर्षको थप अध्ययन सकेपछि नेपाल फर्कने सोच बनाएका डा. प्रसाई र थापाले कठिन समयमा नेपालको लागि केही गर्न सकिन्छ भन्ने सोचका साथ आफुहरु यो अभियानमा लागेर उक्त रकम संकलन गरेको बताए ।
उनीहरुको अभियानलाई नेपालबाट हाडजोर्नी बिशेषज्ञ डा. पनुप प्रसाईंले समेत सहयोग पुर्याएको बताए । यहाँबाट अन्य बिभिन्न संघसंस्थाहरुले समेत रकम संकलन गरेका थिए तरपनि हामीले पनि आफ्नो तर्फबट केही गरौं भनेर गरेका थियौं र सफल पनि भयौं । उनीहरुले सुनाए ।
, अष्ट्रेलिया
0 comments
Write Down Your Responses