विद्या बनिन् प्रथम महिला राष्ट्रपति

२०७२ कार्तिक ११ गते १६:५५ मा प्रकाशित

११ कात्तिक, काठमाडौं - नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

 संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराए अनुसार भण्डारीले ३२७ मत पाएकी छन् । विद्यालाई एमालेका साथै एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलहरुको समर्थन छ । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् ।

 गुरुङलाई कांग्रेस बाहेक केही साना दलको मात्र मत परेको छ । राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसद मध्ये ५४९ ले मतदान गरेका थिए । तर, ८ मत बदर भएको छ ।

0 comments

Write Down Your Responses