नेपालमा मात्रै होइन मोदीको भारत मैसुरु भयो विरोध

कुविक एनपी न्युजबाट 

नयाँदिल्ली, ११ कात्तिक 

-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलको बुई चढेर नेपालमा अघोषित नाकाबन्दी लगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले उचित शासन व्यवस्था चलाउन नसकेको भन्दै कलाकारले पनि असयोग आन्दोलन सुरु गरेका छन् ।

भारतमा असंहिष्णुता र साम्प्रदायिकता रोक्न नसके तथा शान्तिसुरक्षा अत्यन्तै कमजोर भएको भन्दै भाजपा नेतृत्वको मोदी सरकारविरुद्ध कलाकारहरूका साथै वैज्ञानिक, साहित्यकारलगायतले असहयोग आन्दोलन सुरु गरेका हुन् । असहयोग आन्दोलनअन्तर्गत यसअघ साहित्यकारहरूले राज्यले आफूहरूलाई दिएको पुरस्कार फिर्ता गरेका थिए ।

नेपालमा मोदी र भारतीय शासकको चर्को विरोध हुँदै आएको छ । नेपालमा नाकाबन्दी लगाएकै कारण भारतीय शासकहरूको विश्वभरि बदनामी भएको छ ।सुरुवातीमा लोकप्रियता कमाएका नरेन्द्र मोदीले मधेसी मोर्चाका कारण नेपालमा बदनामी कमाएका छन् । विश्वले मोदी सरकार र त्यहाँको प्रशासकहरूको लोकतान्त्रिक खोलभित्रको चरित्र फेरि एक पटक हेर्न पाएका छन् ।

साहित्यकारहरूले पुरस्कार फिर्ता गरेको केही दिन वित्न नपाउँदै कलाकारहरूले पनि राष्ट्रिय पुरस्कार मोदी सरकारलाई फिर्ता गरेका छन् ।राष्ट्रिय पुरस्कार फिर्ता गर्नेमा फिल्ममेकर दीवाकर बनर्जी र डक्यूमेन्ट्री फिल्म मेकर आनन्द पटवर्धन रहेका छन् ।

एएनआईका अनुसार फिल्ममेकर एफटीटीआईमा निर्देशक गजेन्द्र चौहानको विरोधमा भएको विद्यार्थीको हड्ताल र लेखक प्रो. मल्लेशप्पा मदिवलप्पा कलबुर्गी र कमरेड गोविन्द पानसरेको नृशंस हत्याको विरोधमा राष्ट्रिय पुरस्कार फिर्ता गरेको उल्लेख छ 

।दीवाकर र आनन्द पटवर्धनका अलावा लिपिका सिंह, निशान्त जैन, कीर्ति नेखवा, हर्ष कुलकर्णी, हरि नायरलगायतले पनि आफूले पाएका राष्ट्रिय पुरस्कार मोदी सरकारलाई फिर्ता गरेका छन् । जबकी १०० सयभन्दा बढी वैज्ञानिकहरूले पनि मुलुकभित्र बढ्दै गएको साम्प्रदायिकता र कमजोर शान्तिसुरक्षालाई लिएर विरोधस्वरुप आफूहरूले पाएका राष्ट्रिय पुरस्कार फिर्ता गर्ने उल्लेख गरिसकेका छन् ।

0 comments

Write Down Your Responses