पेरिसपछि नाइजेरियामा आतंकवादी हमला, ३२ जनाको मृत्यु, ८० भन्दा बढी घाइते

कुविक एनपी न्युज 

 काठमाडौं, २ मंसिर

 - फ्रान्सको राजधानी पेरिसमा हमला भएको एकसाता नबित्दै मंगलबार राति उत्तर-पूर्वी नाइजेरियाको योला शहरमा आतंकवादी हमला भएको छ । विभिन्न ठाउँमा भएको बम हमलामा परी ३२ जनाको मृत्यु भएको छ । 

फल बजारमा भएको विस्फोटमा ८० भन्दा बढी मानिस घाइते भएका छन् । त्यहाँको रेडक्रस र नेशनल इमरजेन्सी म्यानेजम्यान्ट एजेन्सी (नेमा)ले यो खबरको पुष्टि गरेको छ ।

प्राप्त समाचारअनुसार बम धमाका राति ८ बजे भएको थियो । अहिलेसम्म यो आतंकवादी हमलाको कुनै संगठनले जिम्मा लिएको छैन् । तर, तो हमलाको पछाडि खतरनाक आतंकवादी संगठन बोको हरामको हात रहेको आशंका गरिएको छ ।घटनापछि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले दुःख व्यक्त गरेका छन् । 

यसअघि फ्रान्सको राजधानी पेरिसमा राति ९ बजे भएको आतंकवादी हमलामा १३२ जना मारिएका थिए । घटनाको जिम्मा अतिवादी संगठन आइएसले लिएको थियो ।

,

0 comments

Write Down Your Responses