उत्तेजनाले बताउँछ मानिसको आयु

January 5, 2016 मा प्रकाशित

कुनैपनि पुरुषको गुप्तांगमा हुने उत्तेजना केवल यौन जिवन अर्थात् सम्भोग क्रियाका लागि मात्र महत्वपूर्ण छैन, यसले मानिसको आयुमै प्रभाव पारेको हुन्छ । वैज्ञानिकहरुले गरेको एक अध्ययन अनुसार लिंगमा स्वभाविक उत्तेजना नहुने समस्या भएका अर्थात् इरेक्टाइल डिस्फंक्सनको समस्या भएका पुरुषहरु अकालमा मर्ने जोखिम ७० प्रतिशतले बढ्ने देखिएको छ ।

 अमेरिकाको मिसिसिपी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यो उत्तेजना सम्बन्धी स्वास्थ्य समस्या पुरुषको मुटु तथा रक्तसम्बन्धी रोगको मुख्य द्योतक हो । त्यसैले पुरुषमा हुने यस्तो उत्तेजनाको समस्या केवल यौनस्वास्थ्य वा सन्तुष्टिसँग मात्र जोडिएको छैन यसले मानिसको अकाल मृत्युलाई समेत संकेत गर्ने हुँदा यस्तो समस्या भएका मानिसहरुले मुटु तथा रगत सम्बन्धी चेकजाँच र उपचार गराउन आवश्यक रहेको शोधकर्ताहरुको भनाई छ । 

शोधकर्ताहरुका अनुसार इन्डोथेलिएल कोषिकाको अस्वस्थताका साथै नाइट्रस अक्साइडको असन्तुलित उत्पादनले उत्तेजना समस्याबाट मुटुसम्बन्धी समस्या सिर्जना भएको हुन्छ ।२० देखि ८५ वर्ष उमेर समूहका १७९० जना पुरुषमा अध्ययन गरेर यस्तो निष्कर्ष शोधकर्ताहरुले निकालेका हुन् । ती मध्ये ५५७ जनामा इरेक्टाइल डिस्फंक्सनको समस्या थियो ।

 ८ वर्षपछि ती पुरुषहरुमा पुनः सर्भेक्षण गर्दा ती मध्ये २४४ जनाको मृत्यु भैसकेको थियो । र, त्यसरी मृत्यु भएका मध्ये ६१ जना मुटु तथा रक्तसम्बन्धी रोगबाट ज्यान गुमाएका थिए । त्यस्तै ६४ जना क्यान्सरजन्य रोगबाट तथा १२ जना स्वासप्रस्वास सम्बन्धी रोगबाट र अरु अन्य विभिन्न कारणले मरेका थिए । अन्य विभिन्न तत्वहरुलाई समेत आधार बनाएर विश्लेषण गर्दा शोधकर्ताहरुले इरेक्टाइल डिस्फंक्सनको समस्या भएका मानिसहरु अल्पायुमा मर्ने जोखिम ७० प्रतिशत बढ्ने निष्कर्ष निकालेका छन् । 

अनलाइनखबर बाट ।

,

0 comments

Write Down Your Responses